Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रवेश कटुवाल राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त


    बुधबार, चैत्र १ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल चयन भएका छन्।

    आज बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले कटुवाललाई सहायक प्रशिक्षक नियुक्त गरेको हो। कटुवाल मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षकसमेत हुन्।

    यसअघि एन्फाले कटुवाललाई नेपाल र पाकिस्तानबीच भएको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

    यस्तै राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन्।

    नेपाली टिमले यसै महिना थ्री नेसन्स फुटबल प्रतियोगिता खेल्ने भएको छ। ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार