काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लिगमा जर्मन क्लब आरबी लेप्जिगमाथि ७–० गोलको फराकिलो अन्तरले सिटी क्वाटर अन्तिम आठमा पुगेको हो ।
घरेलु मैदान इतिहादमा गए राती भएको दोस्रो लेगमा सिटीका फरवार्ड एर्लिङ हालान्डले कीर्तिमानी ह्याट्रिकसहित ५ गोल गरे । इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले थप एक एक गोल गरेर सिटिलाई यो लिगकै सानदार जीत निकाले ।
इतिहाद स्टेडियममा मङ्गलवार राति भएको एकपक्षीय खेलमा घरेलु टोली सिटीले खेलको २२औँ मिनेटमा हालान्डको पेनाल्टीबाट अग्रता लिएको थियो ।
दुई मिनेटपछि अर्थात् २४ औँ मिनेटमा नै हालान्डले केभिन डि ब्रुएनाको पासमा दोस्रो, पहिलो हाफको इन्ज्युरी समय अर्थात् ४९औँ मिनेटमा इल्केए गुन्डोगानले ज्याक ग्रेलिसको पासमा हल्यान्डले हयाट्रिक गरे ।
हल्यान्डको गोलको गति यतिमा नै रोकिएनन दोस्रो हाफको सुरुवाती ५३औँ मिनेटमा म्यानुएल एकान्जीको पासमा, ५७औँ मिनेटमा ले एकान्जीकै पासमा थप गोल गरेर एउटै खेलमा हल्यान्डले लगातार ५ गोल गरेर किर्तिमानी कायम गर्न सफल भए ।
योसँगै एउटै खेलमा पाँच गोल गरेका हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी समेत बनेका छन् । यसअघि अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिली लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गर्ने कीर्तिमान राखेका थिए ।
यसैगरी, सिटीबाट एकै सिजन ३९ गोल गर्ने हालान्ड एक्ला खेलाडी पनि बनेका छन्
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend