Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोमपालले लिए विकेट, पीएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता


    सोमबार, फाल्गुन २९ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध दोस्रो सफलता प्राप्त गरेको छ।

    आज सोमबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सोमपाल कामीले दोस्रो विकेट लिएका हुन् ।

    उनले सातौं ओभरको पाँचौं बलमा हिरी हिरीलाई क्याच आउट गराए । हिरी हिरीले १४ रन बनाए ।

    यसअघि नेपालका लागि ललित नारायण राजवंसीले चौथो ओभरको चौथो बलमा किप्लिन दोरिगालाई बोल्ड आउट गर्दै नेपालका लागि पहिलो सफलता हात पारेका थिए ।

    नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो। सात टिमबीचको लिग-२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ।

    अब बाँकी रहेका दुई खेलमा जित निकाले नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार