Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले गुमायो चार विकेट


    आइतबार, फाल्गुन २८ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा नेपालले दिएको २४९ रनको लक्ष्यमा यूएईले पछ्याइरहेको छ ।

    नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा यूएईले चार विकेट गुमाएको छ । छैटौँ ओभरमा खेल भइरहँदा युएईले चार विकेट गुमाएको हो ।

    पहिलो, तेस्रो, पाँचौँ र छैटौँ ओभरमा यूएईले तीन विकेट गुमाएको हो । युएईलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले दुई र दीपेन्द्रसिं ऐरी र साेमपाल कामीले एक/एक विकेट लिएका हुन् ।

    यूएईले ५.१ ओभरको समाप्तिमा चार विकेट गुमाएर आठ रन जोडेको छ ।

    यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४ बल बाँकी छँदै अलआउट हुँदै २४८ रन जोडेको हो । नेपालका लागि सर्वाधिक कप्तान रोहितकुमार पौडेलले ७७ रनको योगदान गरे । उनले ११२ बलमा नौवटा चौका प्रहार गरेका थिए ।

    यसैगरी, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४ र भीम सार्कीले २९ रनको योगदान गर्दा नेपालका बाँकी ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार