Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपराष्ट्रपति पदमा जनमत पार्टीको दाबी


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। जनमत पार्टीले उपराष्ट्रपति पदमा आफ्नो दाबी गरेको छ । सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अघि सारेको छ ।

    सप्तरीकी ममता सद्भावना पार्टी पृष्ठभूमिकी हुन् भने केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी थिइन् । पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन गरेको उपाध्यक्ष दिलीप साहले जानकारी दिए ।

    उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी गरेर चैत ३ गते निर्वाचन गर्ने तयारी भएको जानकारी दिएको हो ।

    आयोगले फागुन २७ गते बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गराउने समय तोकेको छ । २ देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय दिइएको छ ।

    यसअघि उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको थियो । यस्तै जसपाले पनि उम्मेदवारको रूपमा नेता रामसहाय प्रसाद यादवलाई अघि सारेको छ । गठबन्धनमा छलफलको आधारमा छिट्टै साझा उम्मेदवार तय गरिने बताइएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार