Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तेस्रो कार्यकालका लागि चिनियाँ राष्ट्रपतिमा सी चिनफिङ चुनिए


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी। तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा ६९ वर्षीय सी चिनफिङ चुनिएका छन्। चिनियाँ संसदले सी चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा चुनेको हो ।

    आज शुक्रबार नेशनल पिपुल्स कंग्रेसले मतदानमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको समाचार संस्था रोयटर्सले जनाएको छ।

    राष्ट्रपतिका लागि चिनफिङ एक्ला उम्मेदवार थिए। संसदका तीन हजार बढी सदस्यले विद्युतीय मतदान गरेका थिए।

    मतदान गर्न एक घन्टा लागेको थियो भने गणना सुरू भएको १५ मिनेटमै अन्तिम नतिजा सार्वजनिक भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार