Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कञ्चनपुरमा जिपको ठक्करबाट एक जनाको मृत्यु


    बिहिबार, फाल्गुन २५ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कञ्चनपुर। कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।

    जिल्लाको कृष्णपुर नगरपालिका-५ गुलरीया बजारस्थित सडकमा सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाटा नगरपालिका-७ का २५ वर्षीय मनिष चौधरीको मृत्यु भएको हो।

    ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ।

    जिपको ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार चालकसहित २ जनाको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार