काठमाडौं। आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र पपुवा न्यु गिनी (पिएनजी)बीचको खेल जारी छ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी उक्त खेलमा नेपालका ओपनर आसिफ शेखले पपुवा न्यूगिनी पिएनजीविरुद्ध शानदार शतक प्रहार गरेका छन् । आसिफको करिअरकै यो पहिलो शतक हो ।
बिहीबारको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि आसिफले १ सय १ बलमा १० चौका तथा २ छक्काको सहयोगमा एक सय रन पुरा गरेका हुन् ।
आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ११० रनको साझेदारी गरेका थिए भने शतक पुरा गर्दा कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरेका छन् ।
यसैगरी एक दिवसीय करियरको पहिलो शतक प्रहार गरेसँगै आसिफ नेपालका लागि वनडे इन्टरनेशनलमा शतक बनाउने पाँचौँ खेलाडी बनेका छन् ।
नेपालका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र पारस खड्काले यसअघि वनडे इन्टरनेशनलमा शतक बनाइसकेका छन् ।
ताजा अवस्थामा नेपालले ३६ ओभरको खेलमा तीन विकेट गुमाएर १८३ रन बनाएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend