काठमाडौं । सप्तरीमा बुधबार टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिष्णुपुर गाउँपालिका-१ हुलाकी राजमार्ग स्थित जमुनीमा पश्चिम बाट पूर्वतर्फ आँउदै गरेको ना ३ स ९६३० नं. को टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरीको खडक नगरपालिका-८ बिसनपुर बस्ने दलिलको श्रीमती अन्दाजी ४० वर्षीया आमना खातुनकोको मृत्यु भएको हो ।
टेम्पुमा सवार सप्तरीको बिष्णुपुर गाउँपालिका-६ कटिटोल बस्ने अन्दाजी ५५ वर्षीय लक्ष्मीराम सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
टेम्पो चालक सप्तरीको राजगढ गाउँपालिका-३ नर्घो बस्ने अन्दाजी ४७ वर्षीय हरेराम मण्डल जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend