काठमाडौं । सप्तरीमा बुधबार टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिष्णुपुर गाउँपालिका-१ हुलाकी राजमार्ग स्थित जमुनीमा पश्चिम बाट पूर्वतर्फ आँउदै गरेको ना ३ स ९६३० नं. को टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरीको खडक नगरपालिका-८ बिसनपुर बस्ने दलिलको श्रीमती अन्दाजी ४० वर्षीया आमना खातुनकोको मृत्यु भएको हो ।
टेम्पुमा सवार सप्तरीको बिष्णुपुर गाउँपालिका-६ कटिटोल बस्ने अन्दाजी ५५ वर्षीय लक्ष्मीराम सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
टेम्पो चालक सप्तरीको राजगढ गाउँपालिका-३ नर्घो बस्ने अन्दाजी ४७ वर्षीय हरेराम मण्डल जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend