काठमाडौँ। मकवानपुरकाे हेटौँडामा मोटरसाइकल र स्कुटर ठोकिँदा दुई जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१७ हटियाको कठायत चोकमा आज माेटरसाइकल र स्कुटर ठाेकिएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे हाे । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा मोटरसाइकल चालक हेटाैँडा–१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जन र स्कुटर चालक नुवाकोट ककनी नगरपालिका–४ की २८ वर्षीया जीना लामा रहेका प्रहरीले जनाएको छ । भोम्जनको हेटौँडामा नै ज्यान गएकाे हाे भने लामाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।
हेटौँडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर ठोक्किएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार हेटौँडा–१८ रामधुनीका १६ वर्षीय सुजन घलान घाइते भएका र उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । यस्तै दुर्घटनामा घाइते बाग्मती गाउँपालिका–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगरलाई थप उपचारका लागि चितवन रेफर गरिएको छ ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend