काठमाडौँ। मकवानपुरकाे हेटौँडामा मोटरसाइकल र स्कुटर ठोकिँदा दुई जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१७ हटियाको कठायत चोकमा आज माेटरसाइकल र स्कुटर ठाेकिएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे हाे । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा मोटरसाइकल चालक हेटाैँडा–१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जन र स्कुटर चालक नुवाकोट ककनी नगरपालिका–४ की २८ वर्षीया जीना लामा रहेका प्रहरीले जनाएको छ । भोम्जनको हेटौँडामा नै ज्यान गएकाे हाे भने लामाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।
हेटौँडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर ठोक्किएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार हेटौँडा–१८ रामधुनीका १६ वर्षीय सुजन घलान घाइते भएका र उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । यस्तै दुर्घटनामा घाइते बाग्मती गाउँपालिका–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगरलाई थप उपचारका लागि चितवन रेफर गरिएको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend