Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अन्तर्राष्ट्रिय नारी दिवस आज मनाइँदै


    बुधबार, फाल्गुन २४ २०७९
    3.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस आज मनाउन लागिएको हो ।

    नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन रहेको छ ।

    नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्‍याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार