Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता गरिएकोमा बारको असन्तुष्टि


    मंगलबार, फाल्गुन २३ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एशोसिएशनले संक्रमणकालीन न्यायको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा फौजदारी कसुरसम्बन्धी रिट दर्ता गरिएकोमा असन्तुष्टि जनाएको छ। बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले आज विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका हुन् ।

    यस्तै, बारले संक्रमणकाली न्यायसम्बन्धी विवाद निरुपणका लागि संविधान अनुसार गठन भएका आयोग र न्यायिक निकायले आ-आफ्नो दायित्व निर्वाह गरी काम गर्ने भन्दै ती निकाय प्रभावित हुने गरी गतिविधि नगर्न आह्वान गरेको छ ।

    बारले शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन भई उनीहरुले आफ्नो क्षेत्राधिकार अन्तर्गतको काम गरिरहेको समेत स्मरण गराएको छ ।

    ‘शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरु नै जिम्मेवार हुन जरुरी छ’ विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार