Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोलखामा बोलेरो दुर्घटना हुँदा १६ जना घाइते


    मंगलबार, फाल्गुन २३ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दोलखा।‌ दोलखाको बैतेश्वर गाउँपालिका-६ नाम्दुस्थित डाडाँगाउँमा बोलेरो दुर्घटना भएको छ ।उक्त बोलेरो दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

    आज दिउँसो नाम्दुबाट मैनापोखरी जादै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो।दुर्घटनामा घाइते मध्ये ७ जानाको अवस्था गम्भीर रहेको छ ।‌‌

    दुर्घटनामा परी घाईते भएका सबैलाई उपचारका लागि वैतेश्वर अस्पतालमा लगिएको वैतेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष अशोक तामाङले जानकारी दिए। बोलेरो बिच सडकमा पल्टिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार