Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कारकाे ठक्करबाट १८ महिने बालिकाकाे मृत्यु


    मंगलबार, फाल्गुन २३ २०७९
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सर्लाही। सर्लाहीको बलरा नगरपालिका-२ मा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय हरेशन सहनीकी १८ महिने छोरी माया कुमारी रहेकी प्रहरीले जनाएकाे छ ।

    भारतिय नम्बरको कारले बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा प्रादेशिक अस्पताल मंलगवामा मृत्यु भएको हाे । ठक्कर दिने कारसहित चालकलाई प्रहरी चौकी छन्किटोलाले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार