काठमाडौं। असी हजार लिटर डिजलमा मट्टितेल मिसावट पुष्टी भए पछि थप परिक्षणका लागि नमुना भारत पठाईने भएको छ।
नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित भएको तर ती टयाङकरहरुमा कति मात्रामा मट्टितेल मिसावट भएको हाे भन्ने निश्चित नभएपछि थप परीक्षणका लागि स्याम्पल भारत पठाउने लागिएको हो।
गत फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ४ वटा ट्यांकरमा सो मिसावट पाईएको हो । जसअनुसार मे १ ख २१४९,मे १ ख २१५१, ना ७ ख १५०७ र ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा ल्याईएको कुल ८० हजार लिटर डिजलमा मटितेल मिसावट भएको प्रमाणित भएको हो ।
सो बारेमा अध्ययन गर्न गठित छानबिन समितिले पनि झापाबाट काठमाडौंको केन्द्रिय ल्याबमा परीक्षणका लागि ल्याइएको डिजलको नमुना परिक्षण गर्दा मट्टितेल मिसावट गरिएको प्रमाणिकरण गरेर प्रतिवेदन पनि बुझाई सकेको छ । समितिले सिफारिस गरे अनुसार मात्र निक्याैल गर्न नसक्दा नमुना संकलन गरेर भारत लैजान लागिएको हो ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend