Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सुदूरपश्चिमका माओवादी सांसदलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन- मुख्यमन्त्री शाहलाई विश्वासको मत दिनु


    आइतबार, फाल्गुन २१ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज आइतबार विश्वासको मत लिने तयारी गरेका छन्। यसैक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सभाका आफ्ना सांसदहरूलाई मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन दिएका छन्।

    सुदूरपश्चिम माओवादी संसदीय दललाई पत्र पठाउँदै अध्यक्ष प्रचण्डले शाहलाई विश्वासको मत दिएर अहिलेको सरकार जोगाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

    सरकारसँगै केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार काम गर्न पनि प्रधानमन्त्री प्रचण्डले भनेका छन्।

    सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले शाहलाई विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताउँदै ‘अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता हो, यो गठबन्धन टुट्नु हुँदैन, त्यसैले विश्वासको मत दिनू भनेर केन्द्रबाट निर्देशन आएको छ,’ भट्टले भने ।

    शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो । त्यसको जानकारी मुख्यमन्त्री शाहलाई माओवादी संसदीय दलका नेता खगराज भट्टले शनिबारै अध्यक्ष प्रचण्डलाई गराएका थिए । मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालयको भागबन्डा प्याकेजमा हुनुपर्ने भट्टको माग थियो ।

    प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले भने शाहलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । अब त्यसको औपचारिक निर्णय सुदूरपश्चिम संसदीय दलको बैठकले गर्ने छ । संसदीय दलका नेता खगराज भट्टले भागबण्डा पनि केन्द्रबाटै टुंगिएको बताउँदै अब संसदीय दलको बैठकले निर्णय गरेपछि आधिकारिक धारणा सार्वजनिक गर्ने दाबी गरे ।

    नेकपा (एमाले) बाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि माघ २६ गते उनको सरकार ढलेको थियो। सोही दिन प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार