Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य बढ्यो, तोलाको कति ?


    आइतबार, फाल्गुन २१ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार भने बढेर तोलामा १ लाख २ हजार ८०० रुपैयाँ पुगेको हो । जसअनुसार आज सुनको मूल्यमा ३ सय रुपैयाँ वृद्धि भएको हो।

    यस्तै आइतबार तोजावी सुन तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

    यसैबीच आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । गत शुक्रबार तोलामा १२६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १२७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार