Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सार्कको नयाँ महासचिवमा बङ्गलादेशी कूटनीतिज्ञ


    आइतबार, फाल्गुन २१ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को नयाँ महासचिवमा बङ्गलादेशी कूटनीतिज्ञ गोलाम सरवार नियुक्त हुने भएका छन् ।

    श्रीलङ्काली कूटनीतिज्ञ इसाला रुवान विराकुनको समयावधि १७ फागुनमा सकिएपछि सार्कको नयाँ महासचिवमा गोलाम सरवारले जिम्मेवारी लिने भएका हुन । हाल मलेसियामा रहेका उनी महासचिवको जिम्मेवारी लिनका लागि केही दिनमा नेपाल आउने छन् ।

    रोलक्रम अनुसार अफगानिस्तानबाट सार्कको महासचिव हुनु पर्ने भए पनि सार्क सदस्य राष्ट्रले तालिबान सरकारलाई मान्यता नदिए पछि नेपालको पहलमा बङ्गलादेशले सो अवसर पाएको हो ।

    सार्क राष्ट्रको हैसियतमा सबै विदेश मन्त्रालयलाई कूटनीतिक पत्राचार गरेर सार्क महासचिवमा बङ्गलादेशी कूटनीतिज्ञले नेपालले मान्यता दिलाइको हो । सार्क विदेश मन्त्रीहरूको बैठकले अनुमोदन गर्नुपर्ने भए पनि विदेशी मन्त्र स्तरीय बैठक बस्न नसके पछि पत्राचार मार्फत बङ्गलादेशी कूटनीतिज्ञले नेपालले मनाउन सफल भएको हो, परराष्ट्र स्रोतले भन्यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार