काठमाडौं, ११ चैत । नेपालमा कोरोना भाइरस संक्रमित आइतबारसम्म कोही थिएन । तर गएको चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि सरकारले मंगलबारदेखि ‘लकडाउन’ नै घोषणा गरेको छ । मानिसबीचको सम्पर्कका कारण नै कोरोना फैलिनसक्ने संभावनालाई मध्यनजर राखी सरकारले ‘लकडाउन’ घोषणा गरेको हो ।
यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले परीक्षणलाई थप तीब्र नबनाए कोरोना (कोभिड १९) भाइरसको महामारी नियन्त्रण बाहिर जाने चेतावनी दिएको छ ।
डब्लुएचओले कोराना भाइरसको संक्रमण फैलिन नदिन मानिसबीचको सम्पर्कलाई थप कडाइका साथ लागू गर्नुपर्ने बताएको छ ।
डब्लुएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले माहामारी तीव्र गतिमा फैलिरहेको भन्दै सबै देशले अहिले गरिरहेको काममा थप प्रयास गरेमा नियन्त्रण लिन सम्भव हुने जानकारी गराएका हुन् ।
कोरोना सङ्क्रमितको संख्या पहिलो एक लाख पुग्न ६७ दिन लागेकोमा दोस्रो एक लाख ११ दिनमा पुगेको थियो । तर अर्को चार दिनमा नै तेस्रो लाख लाख पुगेको भन्दै महानिर्देशक गेबेरियससले अब देशहरुले रणनीति परिवर्तन गर्दै परीक्षणलाई तीव्रता नदिए र मानिसबीचको सम्पर्कमा कडाइ नगरेमा माहामारी गम्भीर बन्ने चेतावनी समेत दिए ।
एजेन्सी१ सय ९५ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म तीन लाख ७८ हजार सात सय जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमतिमध्ये एक लाख एक हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने १६ हजार ४९५ जनाको ज्यान गइसकेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend