Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शम्भुनाथ नगरपालिकाका मेयर र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर


    बुधबार, फाल्गुन १७ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएसँगै नगर प्रमुख गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

    गत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुबै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार