काठमाडौँ, १० चैत ।
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी भन्ने विप्लव समूहले आफ्ना कारबाहीहरु बन्द गरेको जनाएको छ । विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड१९) का कारण विप्लबले समूहका सबै कारबाही बन्द गरेको हो ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दै ‘आक्रामक कारबाही’ बन्द गरिएको जनाएका हुन् ।
विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कारोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरु बन्द गरिएको जानकारी आम जनसमुदायमा अवगत गराउँछौं ।’
विप्लवले यो बेला देशका सबै चिकित्सक एवं स्वास्थ्य कार्यकर्तालाई जनताको सेवामा लाग्न पनि अपिल गरेका छन् । उनले भनेका छन्, ‘तत्काल पार्टी कार्यकर्ता तथा जनसेनालाई आफू सचेत बन्दै आमजनतालाई कारोनाविरुद्ध जागरुक हुन निर्देशन गर्दछ ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend