Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रपति निर्वाचन अगाडि तत्काल सरकार नछाड्ने एमालेको निर्णय


    शनिबार, फाल्गुन १३ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्ता साझेदार दल नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि तत्कालै सरकार नछाड्ने निर्णय गरेको छ ।

    एमालेले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ। एमाले सचिवालयको आज शनिबार बिहानदेखि बसेको बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेले कांग्रेसबाहेक सबै दलसँग राष्ट्रपतिका लागि सहयोगसमेत मागेको छ ।

    यस्तै, कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि एमालेले नेम्वाङलाई अगाडि सारेको छ । कांग्रेसको शनिबार बिहान बसेको बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

    राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्य तालिका छ । राष्ट्रपति निर्वाचनको मतदान यही फागुन २५ गते हुँदैछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार