काठमाडौं, १० चैत ।
फ्रान्स हुँदै चैत ४ मा काठमाडौं आएकी १९ बर्षीया नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी गरी दिएका छन् । बेलैमा अन्तर्राष्ट्रिय उडान नरोकेका कारण पनि नेपालमा कोरोना संक्रमित यात्रु आउन सफल भएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमित एक जना निको भएर फर्किसकेका थिए । अरुमा देखिएको थिएन ।
चैत ४ गते कतारबाट काठमाडौँ आएको उक्त विमानका अरू यात्री को को थिए ? उनीहरूको अवस्था के छ होला ? उनीहरुमा पनि कोरोना भाइरसको संक्रमण थियो कि थिएन भन्ने प्रश्न उठेको छ । मन्त्री ढकालले कोरोना संक्रमित ती युवतीसँग विमानमा आएकाहरुको खोजी भइरहेको बताएका छन् । तर ती यात्रुमा कोरोना संक्रमण भइसकेको रहेछ भने अरु कतिमा सरिसक्यो होला भन्ने गम्भीर प्रश्न उठेको छ ।
कोरोना भाइरसले विश्वमा महामारीको रुप लिइसकेपछि अन्तर्राष्ट्रिय उडान बन्द नगरेका कारण कतार हुँदै संक्रमित युवती नेपालमा आउन सफल भएकी हुन् । उनी सवार जहाजमा रहेका अरु यात्रुलाई पनि कोरोना संक्रमण भएको भए त्यसले कति जनामा संक्रमण भइसकेको होला ? सरकारले बेलैमा अन्तर्राष्ट्रिय उडान नरोक्दा नेपालमा कोरोना संक्रमित यात्रु प्रवेश गरेको भन्दै सामाजिक संजालमा रोष प्रकट हुन थालेको छ ।
कोरोनाले विश्वमा महामारीको रुप लिइसक्दा पनि केही दिनअघिसम्म कतार, हङकङ, चीन, बैंकक, मलेसिया, दुबईलगायतका अन्तर्राष्ट्रिय उडान नियमित नै थिए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend