Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • कोरोनाले समाजमा नयाँ अध्याय शुरु 


    सोमबार, चैत्र १० २०७६
    1.3K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १० चैत । प्रतिनिधिसभा सदस्य नवराज सिलवालले कोभिड–१९ नामक सूक्ष्मजीव ‘भाइरस’ले समाजमा नयाँ खालको अध्याय शुरु गरेको बताएका छन् ।  सामाजिक सञ्जालमार्फत मुलुकवासीलाई सुरक्षित रहने सन्देश प्रवाह गर्दै उनले हरेक नेपालीलाई केही समय जमघट, भोजभतेर, पार्टीलगायत काम रोक्न पनि अनुरोध गरेका छन् ।

    उनले भने, ‘तपाइँहरु हरेक व्यक्तिले विश्व स्वास्थ्य सङ्गठनले दिएको सुझावको पालना गरी मुलुकलाई कोरोनाको त्रासबाट जोगाउनुपर्ने दायित्व अब सिर्जना भएको छ । हरेक व्यक्तिले दैनिक पटकपटक साबुपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने बानी बसाउनुहोस् । नेपाली सभ्यातको पालना गरी कोरोनाको जोखिम रहेसम्म हात मिलाउने काम ठ्याक्कै रोक्नुहोस् ।’ मुलुकलाई यस सङ्क्रमणबाट जोगाउन सामाजिक व्यवहार र दूरीमा रहेर अघि बढ्न सिक्नुपर्ने हरेक नेपालीको कर्तव्य बनेको सांसद सिलवालको भनाइ छ । 

    मुलुकका हरेक मानिसले रोगसँग लड्न सक्ने क्षमता बढाउन कागती जातका फलफूल ९सिट्रस फुड० लगायत बदाम, दही आदि खानेकुरा सेवन गर्नुपर्ने सिलवालले सुझाव दिएका छन् । सङ्क्रमित देशबाट नेपाल फर्केका हरेक नेपालीलाई केही दिन सेल्फ क्वारेन्टाइनमा बस्नसमेत सिलवालले अपिल गरे । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार