काठमाडौं, चैत १० । प्राय मानिस काम, अध्ययन र रोजगारीको खोजीमा गाँउबाट सहर पस्ने गर्छन् । तुलनात्मक रुपमा गाउँमा भन्दा सहरमा अवसरहरु धैरै हुन्छन्। र, कतिपयले त सहर पसेपछि गाउँलाई चटक्क पनि विर्सिदिन्छन् । तर समय यस्तो पनि आउँछ धैरै बर्ष गाउँ नपसेकाहरु पनि एकाएक गाउँ जान तयार हुन्छन् । यस्तो लहर २०७२ सालको भूकम्पको बेलामा पनि देखियो त्यति बेला काठमाडौं लगायत अन्य सहर सुनसान जस्तै भए । जसरी दशै तिहारमा सहर सुनसान हुन्छ ।
सहरमा अध्ययन र रोजगारीको खोजीमा आएका मात्र नभएर लामो समय सहरबजारमै घरजम गरेर बसेकाहरु पनि आपतको बेला आफ्नो गाँउ गए । त्यस्तै अहिले कोरोना भाइरसको त्रासले गाँउ पस्नेको लहर बाक्लो छ ।
लगभग डेढ महिनाअघि चिनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको त्रास विश्वभर फैलिएको छ । यो त्रासबाट नेपाल पनि अछुतो छैन । त्सैले त हिजोसम्म बसपार्कमा घर फर्किनेहरुको भिड अत्याधिक देख्न सकिन्थ्यो । सरकारले २५ जना भन्दा बढी भेला नहुन भने पनि नयाँबसपार्क, कलंकी ,कोटेश्वर लगायतका स्थानमा गाँउ जाने मासिहरुको टिकट काट्ने भिडभाड भेटिन्थ्यो । आखिर किन मानिसले संकटमा गाउँलाई नै सम्झिन्छन् त ? भनि नयाँबसर्पाकमा नुवाकोट घर भइ हाल काठमाडौं नैकापमा बस्ने रामकृण्ण दाहाल तथा सरु दाहाल लाई नेपालफेस टिमले सोधेको प्रश्नमा रामकृण्ण दाहाल बताउनु हुन्छ, आपत बिपतमा आफ्नो घर, आफु जन्मेको भुभाग भन्दा प्यारो अरु कहीँ हुँदोरहेनछ । आफन्त सबै गाँउमा नै हुने भएकोले आपत बिपतमा धैरैले आफ्नो घर सम्झिने गर्छन् । त्यसैले हामी नि जननि जन्मभूमिश्चः स्वर्गादपि गरियसि भनेझै आफ्नै गाउँ लाग्यौ । त्यस्तै नयाँबसपार्कमा अरु मानिसहरु पनि आफ्नो पुरानो घर वा गाउँ फर्कन हतारमा टिकेट बोकेर लाइनमा देखिन्थे ।
विश्वभर महामारीको रूपमा फैलिरहेको नोवेल कोरोना (कोभिड १९) भाइरसको त्रास छ । नेपालमा हालसम्म एक जना पनि संक्रमित नदेखिए पनि आम जनमानसमा यसको त्रास बढेको छ । विश्व स्वास्थ्य संगठनले पनि नेपाल उच्च जोखिममा रहेको जनाइसकेको पछिल्लो समय सरकारले पनि सतर्कता अपनाउन सबैलाई आग्रह गरिरहेको छ । सरकारको आग्रह अनुसार सबैले सतर्कता अपनाउन जरुरी देखिन्छ ।