Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुराँसका तत्कालीन इञ्जिनियरसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


    सोमबार, फाल्गुन ८ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोजकुमार दाहाल र तत्कालीन सवइञ्जिनियर नविनकुमार विसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडक निर्माण योजनाको रकम हिनामिना गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

    मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा सो गाउँपालिका-६ स्थित निगालपानी रेग बगौरा सडक निर्माण योजनाको रकम उनीहरूले हिनामिना गरेको अख्तियारको आरोप छ। अख्तियारले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ उपदफा (२) बमोजिमको सजाय मागदाबी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार