Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सीसीएमसीको बैठक बस्दै, लकडाउनको बारेमा निर्णय हुने


    मंगलबार, भाद्र २ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । यो परिस्थितिलाई सामना गर्नका लागि  कोभिड-१९ संकट व्यस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बस्ने तय भएको छ।

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिको बैठक मंगलबार दिउसो ५ बजे सिंहदरबारमा बस्नेछ । बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रणनीति बनाउने समितिका सदस्य रहेका एक मन्त्रीले जानकारी दिए ।

    संक्रमण बढेका निश्चित ठाउँमा पूर्ण लकडाउन गर्ने, सिल गर्ने तथा निषेधित क्षेत्र घोषणा गर्ने विषयमा समितिको आजको बैठकले ठोस निर्णय लिनेछ । काठमाडौं उपत्यकामा बढ्दो संक्रमण नियन्त्रणका लागि विशेष योजना तयार गरिएको समितिका सदस्यले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार