Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • कांग्रेस सांसद भण्डारीकी आमाको गरियाे अन्तिम संस्कार


    शुक्रबार, फाल्गुन ५ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। घरमै ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते अवस्थामा उपचारका क्रममा ज्यान गुमाएकी कांग्रेस नेता एवं सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकलाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

    सो क्रममा परिवार,आफन्त र शुभचिन्तकसहित कांग्रेस नेता–कार्यकर्ताले माल्यार्पण गरेका थिए। बुधबार राति आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा उपचारका क्रममा बिहीबार बिहान ८६ वर्षीया हरिकलाको मृत्यु भएको थियो । सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार