काठमाडौं, १० चैत । भारतबाट भित्रिएका नेपालीलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । एकैपटक हजारौंको संख्यामा भारतीय सीमा नाकाबाट नेपाल भित्रिएका सबैलाई घरमा पुगेपछि होम क्वारेनटाइन अर्थात् घरमै अलग्गै बस्न राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ । भारतमा कोरोना संक्रमण देखिइसकेको र त्यहाँबाट आउने मानिसमा केही दिनपछि देखिन सक्ने हुनाले उनीहरूलाई होम क्वारेनटाइनमा बस्न अनुरोध गरेको महाशाखाका प्रमुख वासुदेव पाण्डेले बताए ।
शनिबार भारतका विभिन्न नाकाबाट भित्रिएका नेपाली सबैलाई घरमा क्वारेन्टाइनमा बस्न सूचना दिन नसकिएको महाशाखाले स्वीकारेको छ । ‘संख्या धेरै भएका कारण कतिपयले फारम भरे, कतिपयले भर्न पाएनन् र घरमै क्वारेनटाइन बस्ने कुरा पनि सुन्न पाएनन्’ महाशाखाका प्रमुख पाण्डेले भने भारतमा कोरोना संक्रमण भइसकेका कारण त्यहाँबाट आएका नेपाली घरमै क्वारेन्टाइनमा नबसे कोरोना फैलिने जोखिम बढ्ने पाण्डेले बताए । तुरुन्तै स्थानीय स्वास्थ्य निकायमार्फत् गाउँमा फारम पठाइ उनीहरूको अवस्थाबारेमा खोजी गर्ने तयारी भइरहेको उनले बताए। तर यो कार्य सजिलो भने छैन ।
स्वास्थ्य मन्त्रालयका अधिकारी सीमाबाट नेपाल भित्रिनेको ज्वरो नापेको तर पछि सम्पर्क गर्न आवश्यक फारम भर्न नभ्याएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले भारतीय नाका बन्द गर्न गृह तथा अन्य मन्त्रालयलाई अनुरोध गरेपछि पनि नाका बन्द नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशनकुमार पोखरेलले बताए । उनले निर्बाध रूपमा सीमाबाट दैनिक नेपाली आउने क्रमले कोरोनाको जोखिम बढेको स्वीकार गरे । ‘हामीले पहिला नै स्थलगत नाकाहरू पनि बन्द गर्नुपर्छ भनेर गृह र अन्य मन्त्रालयलाई अनुरोध गरिसकेका हौं, स्वास्थ्य मन्त्रालय एक्लैले निर्णय गर्ने अवस्था हैन’, उनले भने ।
कुनै पनि व्यक्ति कोरोना प्रभावित देशबाट आएपछि १४ दिन सरकारले तोकेको या घरकै क्वारेनटाइनमा बस्नुपर्छ । घरकै क्वारेनटाइनमा बस्नेले सरकारको स्वास्थ्य संस्थालाई सम्पर्क नम्बर, यात्राको विवरण, नामठेगानासहितको फारम भरेर बुझाउनुपर्छ ।
होम क्वारेनटाइनमा व्यक्ति छुट्टै बस्ने, घरमा बस्ने क्रममा दैनिक ज्वरो नाप्ने र ज्वरो आएको या कोरोनाको कुनै पनि लक्षण देखिएमा सरकारले उपलब्ध गराएको नम्बरमा फोन गरी खबर गर्नुपर्नेछ । यसका लागि सरकारले ९८५१२२५५८३०, ९८५१२५५८३७ र ९८५१२५५८३४ नम्बर उपलब्ध गराएको छ । त्यस्ता बिरामीका लागि सरकारले निःशुल्क उपचारको व्यवस्था गर्नेछ । घरमा बस्दा परिवारका अन्य सदस्यले प्रयोग गर्ने सामग्री प्रयोग नगर्ने, छुट्टै सामग्री प्रयोग गर्ने, छुट्टै कोठामा बस्ने, परिवारका सदस्यसित नजिक नबस्नेजस्ता नियम पालना गर्नुपर्नेछ ।
यसैबीच कोरोना संक्रमण हुन नदिन प्रयोग गरिने पिपिई (व्यक्तिगत सुरक्षा सामग्री) तथा अन्य औषधि हवाईजहाजबाट ल्याउने तयारी भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पिपिई अभावमा विभिन्न अस्पताल कोरोना संक्रमण आशंकाका बिरामीको परीक्षण गर्न डराउने गरेको पाइएको छ । चीनबाट सामग्री ल्याउने तयारी भएको महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले बताए । ‘चीनले उपचार सामग्री सहयोग गर्छु भनेकाले ल्याउने तयारी भइरहेको छ’, उनले भने । नेपालमा रहेका सीमित पिपिइ भने विभिन्न मेडिकल कलेज तथा अस्पतालमा वितरण गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नागरिक दैनिकबाट
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend