Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुरुङको समूह जनप्रगतिशील मोर्चा कतारबाट निस्कासित


    आइतबार, चैत्र ९ २०७६
    965
    Shares
  • ५ मिनेट पाठ
  • काठमाडौं, ९ चैत । नेपाली जनप्रगतिशील मोर्चा कतारको बिरुद्ध समानान्तर संगठन खोल्ने साजन गुरुङलगायतका ब्यक्तिहरुलाई मोर्चाले साधारण सदस्यबाटै निस्कासन गरेको छ । 

     मोर्चाका अध्यक्ष जेपी किशोरले २१ मार्च(२०७६ चैत ८)मा निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ–नेपाली जनप्रगतिशील मोर्चा आफैंमा सक्षम तथा गौरबशाली संगठन हो भन्ने सबैलाई विदितै छ । पछिल्लो समयमा पूर्वाग्रही तरिकाले नेतृत्वमाथि प्रहार गर्दै छुट्टै जमात खडा गरी समानान्तर समितिको नाम दिएर मोर्चामाथि गरिएका प्रहारप्रति मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।

     एउटा प्रगतिशील विचारसहित आम मजदुरहरुको मनमष्तिष्कमा स्थापित भइसकेको संगठनलाई चारैतिरबाट प्रहार हुनु स्वभाविक हो । मोर्चामाथि प्रहारसहित समानान्तर समिति गठन भएको गैरजिम्मेवार अभिब्यक्ति पनि त्यसकै एउटा कडी हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छौ ।

    मोर्चा कुनै जातीय, क्षेत्रीय संगठन नभएको प्रष्ट पार्दै नीति नियम विपरीत काम जोकसैले गरे पनि छुट हुँदैन चाहे सदस्य होस् वा नेतृत्व । यदि कसैलाई विनाकारण निलम्बन गरिएको छ भने त्यो नेतृत्व पनि कारबाहीको भागिदार हुन्छ । सही ब्यक्तिहरुले संगठनलाई अगाडि बढाउँदै लान्छन । तर समानान्तर समिति गठन गर्ने धम्कीपूर्ण अभिब्यक्ति दिदैमा समानान्तर समिति गठन गरेर जान सकिन्छ भन्ने भ्रम कसैमा छ भने त्यो भ्रमामा मात्र सीमित रहने पनि उल्लेख छ । 

    मोर्चाप्रति असन्तुष्टीका कुरा जुन आएका छन्, ती सबै पूर्वाग्रहमात्र हुन्, विज्ञप्तिमा उल्लेख छ, समानान्तर समिति गठन गर्ने भन्ने जिम्मेवार पदाधिकारीहरुले मोर्चाको योजनालाई बहिस्कार गर्नुको साटो सफल बनाएर असन्ष्तुष्टीका बिषयमाथि छलफलमा लाग्नुपर्ने हो । त्यसविपरीत मोर्चाका योजनालाई असफल बनाउन लागेको तर सम्भव नभएपछि धम्कीपूर्ण अभिब्यक्ति दिएको सबैले बुझ्न सकिन्छ । असन्तुष्ट भनिएकाहरुसँग छलफल गर्नका लागि म आफै अगाडि सरेर पहल गरें अध्यक्ष किशोरले उल्लेख गरेका छन् तर कोही पनि छलफलमा आएन । भेला गर्न भनियो, तर १५ दिनसम्म पनि असन्तुष्ट भनिएकाहरु आएनन् । 

    विश्वमै कोरोना संक्रमणको त्रास छ । यस्तो अवस्थामा बसेर छलफल गर्न संभव नभएकाले पछि बस्ने अवस्था तयार भएपछि असन्तुष्ट भनिएकाहरुसँग बुँदागत छलफल गर्न तयार छौं भनेका थियौं । तर छलफलमा सहभागी पनि नहुने र मोर्चाको बिरोधमात्र गरिरहने ब्यवहारले आफैं अरु संगठनबाट परिचालित भएर संगठनलाई धरासायी बनाउन लागिपरेको उनीहरुको गतिबिधिले झन् स्पष्ट पारेको छ ।

    यसै क्रममा २१ मार्चमा साजन गुरुङले आफूलाई अध्यक्ष बनाएर निर्माण गरेको गुटको नेतृत्वमा रहेकाहरुले मोर्चाको गोपनीयता भंग गरेका, गोप्य बिषयहरुलाई बिरोधी संगठनका सदस्यसम्म पुर्याएको आरोप लगाइएको छ । विज्ञप्तिमा सिंगो मोर्चालाई नै धरासायी बनाउने भूमिका खेलेको, ब्यक्तिगत स्वार्थपूर्तिका लागि मोर्चालाई प्रयोग गर्न खोजेको, मोर्चाका योजना बिफल बनाउन प्रमुख भुमिका खेलेको, नेपालम कारबाहीमा परेका सदस्यहरुबाट संचालित भएकाले कारबाही गरिएको जनाइएको छ ।

    साजन गुरुङले कतिलाई थाहा नै नदिई राखेको र कति नेपाल फर्किसकेकाहरुको नाम समेत गुटमा राखेको मोर्चाको विज्ञप्तिमा उल्लेख छ । त्यसैले नेपाली जनप्रगतिशील मोर्चा कतारका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा सम्पूर्ण संचारकर्मीहरुलाई भ्रममा नपर्न आग्रह गरिएको छ । र, साजन गुरुङ नेतृत्वमा निर्मित गुटमा रहेका सम्पूर्ण सदस्यहरुलाई मोर्चाको साधारण सदस्यसमेत नरहनेगरी निस्कासन गरिएको जानकारी दिएको छ ।

    साजन गुरुङ र उनको समूहमा रहेका पदाधिकारीहरुलाई मोर्चाको नाममा म्यानपावर दलालहरुबाट संचालन भई मोर्चाका कार्यक्रममा सहयोग नगरेको, मदिरा ब्यापारीलाई मोर्चाले सहयोग नगरेकाले विरुद्धमा गएको आरोप छ । गुरुङको समूह पार्टीबाट कारबाही गरिएका मान्छेहरुबाट संचालित भएको र संगठनले दिएको जिम्मेवारी पुरा नगरेको आरोप पनि छ ।

    गुरुङहरु मोर्चालाई प्रयोग गरेर एन आर एन को सदस्य बन्ने दाउमा रहेको र मोर्चाको नामबाट आर्थिक उपार्जन गरी ब्यक्तिगत प्रयोग गर्न नपाउँदा बिद्रोह गरी समानान्तर संगठन निर्माण गरेको आरोप पनि छ ।
    राजनीतिक रुपले मोर्चा स्थापनादेखि नै नेतृत्व सखाप पार्ने भुमिका मात्र खेलेका कारण पनि उनीहरुलाई निस्कासन गरिएको मोर्चाका नेताहरुले भन्दैआएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार