काठमाडौं, ९ चैत । सरकारले कोरोना भाइरसबाट संक्रमित हुने बिरामीको उपचारका लागि ५० करोडको कोरोना उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणका बिरामी नभेटिए पनि जोखिममा रहेका कारण सरकारले कोष स्थापना गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आइतबारको बैठकले ५० करोडको कोरोना उपचार कोष स्थापना गर्ने र त्यसमा नेपाल सरकारका मन्त्रीहरुले एक महिनाको तलब योगदान दिने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषदले सशस्त्र प्रहरीको बलम्बुमा रहेको अस्पताललाई उपचार कक्षका रूपमा विकास गर्ने निर्णय गरेको छ ।
बलम्बुमा रहेको यो अस्पताल अन्य अस्पतालको तुलनामा एकान्तमा रहेको र भीडभाड कम हुने भएकाले कोरोना उपचारका लागि तयार गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले आपूर्ति व्यवस्थापन सहज बनाउन सम्पूर्ण निकायबीच समन्वय गर्ने पनि निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
यसैगरी, सरकारले एक सातासम्म चीन र भारतको नाकाबन्दी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको यो निर्णय सोमबार बिहान १० बजेटबाट लागू हुने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् । भारतमा कोरोनाको संक्रमण बढेको र भारतबाट फर्किएका बीरगंजका एक ब्यापारीमा कोरोना संक्रमण भेटिएको कुरा सार्वजनिक भइसकेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend