Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री थापा


    आइतबार, साउन ३२ २०७७
    440
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौैं । कोरोना संक्रमण फैलिएपनि भारतबाट नेपाल छिर्नेहरुको संख्या बढेको भन्दै गृहमन्त्री रामबहादुर थापाले यसलाई रोक्ने प्रयास जारी रहेको बताएका छन् ।

    गृहमन्त्री थापाले कोरोना भाइरसको प्रकोप बढेको र संक्रमण फैलन सक्ने सम्भावित जोखिमलाई नियन्त्रण गर्नका लागि का लागि भन्दै सरकारले भारतबाट आउनेलाई कडाई गर्दै आइरहेको छ ।

    सरकारले भारतबाट नेपाल प्रवेश गर्ने नाका १० वटा मात्रै खुल्ला गरेको छ । यसअघि २० वटा नाका खोलेको सरकारले भारतमा कोरोना संक्रमितको संख्या बढिरहेकाले थप कडाई गर्ने निर्णय गरेको हो ।

    ‘धेरै हदसम्म नियन्त्रण गरेको छ, तर केही मात्रामा लुकीछिपी आउने काम भइरहेको छ । यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ’, गृहमन्त्री बादलले भने ।

    त्यस्तै गृहमन्त्री बादलले कोरोना संक्रमणबाट जोगिन नागरिक सचेत हुनुपर्ने बताएका छन् । उनले सरकारले मात्र गरेर कोरोना नियन्त्रण नहुने भएकाले नागरिक सजग हुनुपर्ने बताए ।

    ‘नागरिकको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं । सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार