डा. रविन्द्र पाण्डे
कोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले विश्व आक्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग लड्न सकिन्छ । हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यसमध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँः
१.पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ ।
२. नियमित व्यायाम, योग, हाइकिङ गरौँ । खेल खेल्ने बानी बसालौं ।
३. घाममा बसौं ।
४. नियमित अनुलोम विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता बृद्धि गर्दछ ।
५. चुरोट, सुर्ति, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।
६. बिहान बेलुका नियमित १–१ चम्चा घ्यू खाने गरौँ ।
७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटी, दालचिनी, खुर्सानी, ल्वाङ, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।
८. भिटामिन सी पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।
९.पर्याप्त मात्रामा सुतौं ।
१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।
११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।
१२. दिल खोलेर हाँस्ने गरौँ ।
१३. नियमित चिया र कफी (दुध चिनी नहालेको) सेवन गरौँ ।
१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।
१५. सरसफाइमा अल्छी नगरौं ।