Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर कारोबार खुलाएको भन्दै लगानीकर्ता आन्दोलित


    आइतबार, चैत्र ९ २०७६
    500
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौ, चैत्र ९ । आज आइतबार पनि  सेयर कारोबार खुलाएको भन्दै लगानीकर्ताले नेपाल स्टक एक्सचेन्जसको कार्यालय घेराउ गरेका छन् । एकाथरी लगानी कर्ता सेयर कारोबार खुला राख्नु पर्ने धारणा राख्छन् भने पाँच वटा लगानीकर्ता संघ संस्थाले केही लगानी कर्ताको समुहले भने  बजार पूर्ण रुपमा बन्द गर्नुपर्ने माग गरेका छन् । 

    प्रधानमन्त्रीको निर्देशनले सेयर कारोबार खोल्ने या नखोल्ने स्पष्ट निर्देशन नआएको भन्दै सेयर कारोबार खोलिएको नेपाल स्टक एकसचेन्जले जनाएको छ । 

    नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले  सरकारले स्पष्ट घोषणा नगरेसम्म बजार बन्द नगर्ने बताएका छन् । 

     यस विषयमा अहिलेसम्म पनि  कुरा मिलेको छैन ।

     नेप्सेले औपचारिक निर्णय गर्न ढिला हुदा केही कम्पनीको सेयर कारोबार भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार