Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोकसेवा आयोगको अन्तर्वार्ता स्थगित


    आइतबार, चैत्र ९ २०७६
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ९ चैत ।  लोक सेवा आयोगले अन्तर्वार्ताका कार्यक्रमहरु पनि स्थगित गरेको छ ।विश्वभर फैलिइरहेको कोरोना भाइरसको महामारीका लागि स्वास्थ्य संवेदनशीलता बढेको भन्दै आयोगले अन्तर्वार्ता स्थगित गरेको हो । 

    आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले चैत ११ गतेदेखि सञ्चालन हुने गरी पूर्वनिर्धारित अन्तर्वार्ताका सबै कार्यक्रमहरु स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

    यसअघि ८ गतेदेखि चैत मसान्तसम्मका लिखित परीक्षाहरु मात्र स्थगित गरेको आयोगले आइतबार थप निर्णय गर्दै अन्तर्वार्ताका कार्यक्रमहरु पनि स्थगित गरेको हो ।

    यसबीचमा सहसचिवको लागि अन्तर्वार्ता कार्यक्रम थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार