Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतबाट आएका नागरिकको निगरानी सरकारले गर्ने 


    आइतबार, चैत्र ९ २०७६
    550
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, ९ चैत । नेपाल सरकारले भारतबाट नेपाल आएका जुनसुकै नागरिकको निगरानी गर्ने भएको छ । गृह मन्त्रालयले  आज अर्थात् आइतबारदेखि नेपाल-भारत सीमा नाका भई प्रवेश गर्ने सबै नेपाली नागरिकको निगरानी गर्ने निर्णय गरेको हो । 

    गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले  नेपाल प्रवेश गर्ने व्यक्तिको यात्रा निगरानी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित गृह मातहत सबै निकायलाई निर्देशन दिइएको जानकारी दिएका छन्। 

    उनले नेपाल प्रवेश गर्ने नागरिकको संक्षिप्त विवरण लिएर निजहरु कुन जिल्ला, कुन स्थानीय तह र वडामा जाने हो, त्यसको विवरण राख्न आदेश दिएको बताउँदै भने,  ‘उनीहरुको स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था पहिचान गरेर सम्बन्धित स्थानीय तहलाई जानकारी गराउन पनि भनेका छौं ।’

    यसबारे सीमामा बस्ने सुरक्षा अधिकारीले सम्बन्धित जिल्ला वा स्थानीय तहलाई जानकारी गराउनुपर्ने भनिएको छ । जिल्ला र स्थानीय प्रशासनले पनि हरेक गाउँ, वडामा नयाँ मान्छे आएरनआएको विषयमा निगरानी गर्नुपर्ने निर्णय भएको अधिकारीले जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार