Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरगञ्जमा निःशुल्क मास्क र सेनीटाइज  वितरण


    आइतबार, चैत्र ९ २०७६
    670
    Shares
  • २ मिनेट पाठ
  •  वीरगञ्ज, ९ चैत । वीरगञ्जमा मास्क र सेनीटाइज निःशुल्क वितरण गरिएको छ ।कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै समाजवादी पार्टीका सांसद प्रदीप यादवले मास्क र सेनिटाइजर वितरण गरेका हुन् ।

    कतिपयले सेनिटाइजरले हात पुस्न सिकाइरहेका छन् । कार्यक्रममा  एक हजार थान मास्क र एक कार्टुन सेनिटाइजर वितरण गर्नुको साथै कतिपयले सेनिटाइजरले हात पुस्न सिकाइरहेका छन् ।

    आइतबार बिहान माइस्थान, मिनाबजार, घण्टाघरलगायतका स्थानमा मास्क र सेनिटाइजर वितरण गरिएको थियो । बढी भिडभाड हुने माइस्थान, मिनाबजार, घण्टाघर क्षेत्रमा कोरोना भाइरस संक्रमणको बढी जोखिम भएकोले मास्क र सेनिटाइजर वितरण गरिएको सांसद यादवले बताए ।

    ‘माइस्थान, मिनाबजार, घण्टाघर मानिसहरुको बढी भिडभाड हुने क्षेत्र हो, कोरोना भाइरसको संक्रमण भित्रियो भने भयाबह स्थिति बन्न सक्छ,’ यादवले भने, ‘त्यसैले सर्वसाधरणलाई माक्स र सेनिटाइजर दिएर यसको प्रयोगबारे सचेत गराएको हुँ ।’

    सांसद यादवले माक्स र स्यानिटाइजर वितरण गर्ने क्रममा २५ जनाभन्दा बढीको भिड गएको भन्दै कतिपयले आलोचनासमेत गरेका थिए । तर सांसद यादवले भने ती स्थान मानिसहरुको बढी भिडभाड नै हुने स्थान भएको बताए ।

    आइतबार बिहान विपी कोइराला स्मृति फाउन्डेशन पर्साले घण्टाघरमा मानिसहरुलाई सेनिटाइजरले हात पुस्न लगाएको छ ।

    विभिन्न स्थानबाट घण्टाघर हुँदै यात्रा गरिरहेका सर्वसाधरणलाई सेनिटाइजरको प्रयोगबारे सचेतना जगाइएको प्रतिष्ठान पर्साका अध्यक्ष मोहम्मद सहावुद्धिनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार