Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकार महासंंघ ललितपुरद्धारा सदस्यता नवीकरणमा १ हजार छु्ट


    बुधबार, साउन २८ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ललितपुर । कोभिड–१९ को महामारीमा रोजगारी गुमेका वा बिदामा बस्न बाध्य भएका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ ललितपुर शाखाले सदस्यता नवीकरणमा सहुलियत दिने निर्णय गरेको छ । सदस्यता नवीकरणबापत जिल्ला शाखाले लिने शुल्क नलिने घोषणा ललितपुर शाखाले गरेको छ । नेपाल पत्रकार महासंघका ९० प्रतिशत सदस्यले बार्षिक रुपमा सदस्यता नवीकरण नगरेकाले तीन बर्षको शुल्क बुझाउन बाँकी छ ।

    तीन बर्षको ४ हजार १ सय रुपैयाँ कोरोना महामारीमा परेका पत्रकारहरुले तिर्न नसक्ने आवाज देशभरबाट आइरहेको छ । यसै आवाजलाई सुनुवाइ गरी महासंघ ललितपुरले नवीकरणमा शाखाले लिने १ हजार रुपैयाँ तिर्नुनपर्ने निर्णय गरेको छ । ललितपुर शाखामा आवद्ध पत्रकारहरुले अब कार्डसहित ३ हजार १ सय बुझाएर नवीकरण गर्न पाउनेछन् ।

    महासंघ ललितपुरले बुधबार यस्तो निर्णय गरेको हो । जिल्लाले लिने शुल्क नलिएर पत्रकारहरुलाई नवीकरणमा सहुलियत दिएकोमा नेपाल प्रेस संगठन ललितपुरले महासंघ ललितपुरलाई धन्यवाद दिएको छ । ‘नेपाल पत्रकार महासंघ ललितपुरले ललितपुरबाट सदस्यता लिनुभएका पत्रकार साथीहरुलाई कोभिडले पारेको असरको मध्यनजर गर्दै जिल्लाले लिने नवीकरण शुल्क पुर्णरुपमा छुट गरेको निर्णय गरेको छ । ललितपुरले गरेको सो निर्णयप्रति संगठन अभार व्यक्त गर्दछ ।’ संगठनको विज्ञप्तिमा उल्लेख छ । महासंघले गरेको निर्णयको स्वागत गर्दै सदस्यता नवीकरण गरिदिन पनि संगठनले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार