Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • काम गर्न नसकेको भन्दै पर्साका सीडीओ र सहायक सीडीओको सरूवा


    बुधबार, साउन २८ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । कोरोना महामारीमा प्रभावकारी काम गर्न नसकेको भन्दै पर्साका सीडीओ र सहायक सीडीओलाई सरूवा गरिएको छ । 

    प्रमुख जिल्ला अधिकारी (सीडीओ) विष्णुकुमार कार्की र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक-सीडीओ) ललितकुमार बस्नेतलाई गृह मन्त्रालयले सरूवा गरेको छ । सोमबारको निर्णयअनुसार दुबैजनालाई एकैपटक सरूवा गरेको हो।

    सीडीओ कार्कीलाई गृह मन्त्रालयमा सरूवा गरिएको र सहायक सीडीओ बस्नेतलाई ललितपुर सहप्रजिअमा सरूवा गरिएको छ।

    गृहले पर्साको सीडीओमा धादिङका सीडीओ रहेका आसमान तामाङलाई पठाउने भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार