Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चोरीको बाइक र चितुवाको छालासहित सात पक्राउ


    बुधबार, साउन २८ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले भक्तपुरबाट चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखा भक्तपुरको संयुक्त टोलीले चाँगुनारायण-८ सुडालबाट चितुवाको छाला र चोरीको मोटरसाइकलसहित सात जनालाई पक्राउ गरेको हो।

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ पर्नेहरूमा भक्तपुरको चाँगुनारायण-८ सुडाल बस्ने कुमार लामा, फुसाङ तामाङ, हिमाल लामा, पासाङ तामाङ, संजिब जाली मगर, दिपेश तामाङ र मिलन मगर रहेका छन्।

    उनीहरूको कोठामा खानतलासी गर्दा प्रहरीले खैरो र सेतो रंगको पाटे चितुवाको सुख्खा छाला एक थान र बा ९० प ६५१० नम्बरको चोरीको पल्पर मोटरसाइकलसमेत बरामद गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार