काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा भर्ना खुलाएका छन् । चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयमा सीईओका लागि दरखास्त आह्वान गरेका हुन् ।
आफूजस्तै विदेशबाट फर्किएकाका लागि अवसर भएको भन्दै लामिछानेले विकास, सुशासन, व्यवस्थापन लगायतका कार्यभार सम्हाल्न सक्नेलाई आकर्षक तलब सुविधा जागिर लगाउने बताएका छन् । उनले त्यस्ता व्यक्तिलाई आफैं एयरपोर्टमा लिन जान तयार रहेको उल्लेख गरे । यसका लागि आफ्नो बायोडाटा (सिभी) पठाउन उनले आग्रह गरेका छन् ।