काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बिहान काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले बताएको। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
शनिबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।