Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाणगंगा नदीमा एक जनाले हाम फालेको आशंका


    बिहिबार, पुष ७ २०७९
    665
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । कपिलवस्तुको बाणगंगा नदीमा एक युवा हाम फालेको आशंका गरिएको छ । नदीको रामघाट पुलबाट हाम फालेर डुबेको आशंकामा प्रहरीले खोजतलास सुरु गरेको छ ।

    कपिलवस्तु नगरपालिका-१ तौलिहवा खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माले हाम फालेको आशंकामा खोजतलास थालिएको हो । बर्मा बुधबार बिहान ९ बजेदेखि बेपत्ता भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फोन लोकेसन ट्रयाक गर्दा रामघाट पुल देखिएपछि अनुसन्धान जारी गरेको थियो । प्रहरीले बर्माले प्रयोग गर्दैआएको एउटा फोन पुल माथि फेला पारेको छ । फोन भेटिएपछि नदीमा हामफालेको आशंका गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार