Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड


    बिहिबार, पुष ७ २०७९
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आज बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो । 

    माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि मात्र संसदीय दलको नेता चयन गरेको हो । 

    बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

    यस्तै, माओवादी केन्द्रले प्रत्यक्षतर्फबाट १८ र समानुपातिकतर्फबाट १४ सिट जितेको छ। प्रतिनिधिसभामा माओवादीका ३२ सांसद छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार