Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई मैत्रीपूर्ण खेल खेल्न स्पेनिस टोली नेपाल आउने


    बिहिबार, पुष ७ २०७९
    505
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ दुई मैत्रीपूर्ण खेल्न स्पेनको काथेरेन्यो फुटबल क्लब नेपाल भ्रमणमा आउन आउने भएको छ । 

    स्पेनिस लिग प्रणालीअन्तर्गत दोस्रो डिभिजनको क्लबले काठमाडौं र पोखरामा एक-एक मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए । 

    उक्त खेल पोखरा रंगशाला र  दशरथ रंगशालामा हुनेछन् । काथेरेन्यो फुटबल क्लब र गण्डकी–११ बीचको मैत्रीपूर्ण खेल १३ पुसमा पोखरा रंगशालामा हुनेछ । यसैगरी १४ पुसमा दशरथ रंगशालामा काठमाडौं–११ सँग दोस्रो मैत्रीपूर्ण खेल हुने तालिका छ ।  

    नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गण्डकी–११ फुटबल टिमको कप्तानी जिम्मेवारी पाएका छन् । टोलीको प्रशिक्षणमा पोखराबासी राजेन्द्र तामाङ हुनेछन् । यसैगरी काठमाडौं–११ को टिम पूर्वकप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ । काठमाडौं टिमको प्रशिक्षकमा मेघराज केसी  छन् ।  

    स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) नेपाल भ्रमण टोलीमा हुनेछन् । सन् १९८८ देखि १९९२ सम्म स्पेनको राष्ट्रिय टोलीबाट खेल्ने क्रममा स्ट्राइकर मोनोलोले २८ अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार