Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • प्रहरीमा कोरोना संक्रमण बढ्दै, काठमाडौंमै १४० र देशभर ४५० पुग्यो


    बुधबार, साउन २८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा काठमाडौंका १ सय ४० सहित देशभर ४ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । 

    प्रहरी प्रधान कार्यालयमा १ सय १२ र काठमाडौं उपत्यकामा २८ सक्रिय संक्रमित छन् । यस्तै प्रदेश १ मा २४, प्रदेश २ मा ४२, वाग्मती प्रदेशमा १७,गण्डकीमा १९, प्रदेश ५ मा ४२ र सुदूरपश्चिम प्रदेशमा एकजना सक्रिय संक्रमित छन् । हालसम्म १ सय ६५ जना डिस्चार्ज भएका छन् ।

    पछिल्लो समय प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमै कार्यरत प्रहरी र ट्राफिक प्रहरीमा कोरोना संक्रमणको जोखिम बढी देखिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार