Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद्का ज्येष्ठ सदस्य जबराको अध्यक्षतामा सर्वदलीय बैठक बस्दै


    बिहिबार, पुष ७ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण पहिले संसद्का ज्येष्ठ सदस्यको अध्यक्षतामा आज सर्वदलीय बैठक बस्दैछ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराको अध्यक्षतामा मध्यान्ह १२ बजेका लागि उक्त आह्वान गरिएको हो । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्न लागेको हो।

    बिहीबार दिउँसो १  बजे प्रतिनिधिसभा सदस्यहरुको शपथ राखिएको छ । त्यसभन्दा अगावै १२ बजे बस्ने गरी संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएको हो ।

    बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक(एकजना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन्।

    सर्वदलीय बैठकलगत्तै प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य जबराले शपथ खुवाउने कार्यक्रम छ। 

    उनका अनुसार शपथलगत्तै राष्ट्रपतिले संसद् बैठक आह्वान गरेपछि पहिलो बैठकको तयारी गरिनेछ। पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार