Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरी वृत्त सोह्रखुट्टेको थुनामा रहेका भारतीय नागरिक फरार


    बिहिबार, पुष ७ २०७९
    575
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका एक जना भारतीय युवक फरार भएका छन्।

    हिजो बुधबार दिउँसो करिब ३ बजे जिल्ला अदालत काठमाडौंबाट ती भारतीय युवक फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। फरार हुनेमा भारतीय नागरिक १९ वर्षीय सचिनकुमार छन्।

    लागु औषध नाइट्राभेटसहित पक्राउ परेका उनीमाथिको अनुसन्धान सकेर मुद्दा बुझाउने तयारी रहेको एसपी मैनालीले बताए।

    अदालतमा लग्दा शौचालय पुगेका उनी फरार भएका हुन्। उनको खोजी भइरहेको परिसरले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार