Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वप्रसिद्ध फुटबलर पेलेको अवस्था थप जटिल


    बिहिबार, पुष ७ २०७९
    455
    Shares
  • २ मिनेट पाठ
  • एजेन्सी। ८२ वर्षीय ब्राजिलियन पूर्वखेलाडी पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ । ८२ वर्षीय पेलेको स्वास्थ्य अवस्था झन् गम्भीर रहेको अस्पतालले बताएको छ । पेलेको ‘मृगौला र मुटुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले भनेको छ । उनको हाल सामान्य वार्डमा उपचार भइरहेको छ ।

    उनको केमोथेरापी उपचारको पुनः मूल्यांकन गर्न पेलेलाई नोभेम्बर २९ मा साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो । २१ सेप्टेम्बरमा कोलोन ट््युमर हटाउन शल्यक्रिया गरे देखि ८२ वर्षीय पेलेको केमोथेरापी भइरहेको छ । उनलाई श्वासप्रश्वासको संक्रमण भएको समेत उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

    यस महिनाको सुरुमा पेलेलाई जीवनको अन्तिम हेरचाहमा राखिएको रिपोर्टलाई अस्वीकार गर्दै  पेलेका छोरी केली नासिमेन्टो र फ्लाभिया अरेन्टेसले उनको स्वास्थ्यको बारेमा प्रशंसकहरूलाई आश्वस्त पार्न खोजेका थिए । 

    ‘एडसन एरेन्टेस डो नासिमेन्टोले क्यान्सर रोगको प्रोग्रेसन देखिएको र मृगौला र कार्डियक डिसफंक्शनसँग सम्बन्धित थप हेरचाहको आवश्यकता’ रहेको अस्पतालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 


    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार