Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वप्रकाशले भने, ‘माफ गर बाबु, तिम्रो मृत्यु झाडापखालाले होइन हाम्रो अकर्मण्यताले भएको हो’


    बुधबार, साउन २८ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । समयमै उपचार नपाएर मृत्यु भएका बाराका नौ वर्षीय बालकको मृत्युको घटना प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दु:ख व्यक्त गरेका छन् ।

    बाराको बारागढीका बालक सुशील साहलाई झाडापखाला लागेको तर अस्पतालले कोरोना रिपोर्ट नभएको भन्दै भर्ना लिन मानेका थिएनन् । उपचार नपाएका ती बालकको मंगलबार मृत्यु भएको थियो । मृत्युपछि आएको रिपोर्टमा उनीमा कोरोना देखिएको थिएन ।  

    सो घटनाको कारण सरकारको अकर्मण्यता रहेको प्रवक्ता विश्वप्रकाशले दावी गरेका छन् । बुधबार ट्‍वीटरमार्फत उनले मृतक बालकसँग माफी माग्दै भनेका छन्, ‘माफ गर बाबु, तिम्रो मृत्यु झाडापखालाले होइन हाम्रो अकर्मण्यताले भएको हो ।’

    यस्तैगरी उनले कोरोना नियन्त्रणमा अद्भुद सफलता पाएको भन्दै गर्व गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर प्रश्न समेत गरेका छन् । ‘नौ वर्षका बालकको मृत्युपछि नेगेटिभ आएको कोरोना रिपोर्ट फ्रेममा सजाएर सिंहदरबारमा राख्ने कि धुम्बाराहीमा?’ प्रवक्ता विश्वप्रकाशले प्रम ओली र नेकपा अध्यक्ष प्रचण्डलाई मेन्शन गर्दै प्रश्न सोधेका छन् ।

    पछिल्लो समय नेकपाको विवादलाई लक्षित गर्दै प्रवक्ता शर्माले थप लेखेका छन्, ‘सत्ता द्वन्द्वका क्रममा मान्छेको चित्कारले हामीलाई थोरै पोल्नु पर्दैन?’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार